राउटे युवतीमाथि यौन दुर्व्यवहार गर्ने तीन जनालाइ पुर्पक्षका लागि कारागार चलान गरिएको छ ।
जिल्ला अदालत सुर्खेतले गुर्भाकोट नगरपालिकाका दोमनबहादुर घर्ती, भूपेन्द्र बुढा र होटल संचालक विनोद पुनलाई पुर्पक्षका लागि कारागार चलान गरेको हो ।
अदालतका न्यायाधीश भीमप्रसाद सापकोटाको एकल इजलासले आज कारागार चलान गरेको जिल्ला अदालत सुर्खेतले जनाएको छ ।
राउटे समुदायका १९ र २३ वर्षकी युवतीलाई होटलमा लगेर मदिरा सेवन गराएर उनीहरुलाई यौन दुर्व्यवहार गरेपछि उनिहरूविरूद्ध मानव ओसारपसार, यौन दुर्व्यवहार र जबर्जस्ती करणीको मुद्दा दर्ता भएको थियो ।
ती युवतीलाइ युवाले मादक पर्दाथ सेवन गराई होटलमा लिएर दुर्व्यवहार गरेको भिडियो गत जेठ २३ गतेदेखि सामाजिक सञ्जालमा सार्वजनिक भएपछि तीनै जनालाइ प्रहरीले पक्राउ गरेको थियो ।
१६ असार २०७८, बुधबार १८:०४ प्रकाशित