हातमा साङ्लो र आँखामा पट्टी बाँधेर ‘साँकेतिक बिरोध’
  • काँचुली खबर

बाँकेको कोहलपुरका युवाहरुले जातीय विभेद बिरुद्ध साँकेतिक बिरोध जनाएका छन । जातीय विभेदलाई संरक्षण गर्ने सरकारका बहालवाला मन्त्रीको बर्खास्तीको माग गर्दै कोहलपुरका युवाहरु सडकमा उत्रिएका हुन ।

जातीय विभेद जस्तो जघन्य अपराधको अनुसनधानकालागि प्रहरी नियन्त्रणमा रहेकी महिलालाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले उन्मुक्ती दिएको घटनाको बिरोध गर्दै युवाहरुले मन्त्रीलाई बर्खास्त गर्न माग गरेका छन ।

शनिबार कोहलपुरका न्यूरोडमा जम्मा भएका कोहलपुरका युवा, युवती तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरुले आँखामा कालो पट्टी र हातमा साङ्लो बाँधेर जातीय विभेदलाई प्रसय दिने मन्त्री श्रेष्ठको बर्खास्तीको माग गरेका हुन् ।

उनीहरुले जातीय विभेदको अन्त्य गरौँ, जात व्यवस्था खारेज गर र जातीय विभेदको संरक्षण गर्ने मन्त्रीहरुलाई बर्खास्त गर लगाएत नारा लेखिएका प्लेकार्ड बोकेर बिरोध जनाएका हुन ।

  • १३ असार २०७८, आईतवार ११:३२ प्रकाशित
  • Nabintech