नेपाल बसोबास बस्ति संरक्षण समाजले कोरोनाका कारण प्रभावित बाँकेका ३ सय ५६ घरधुरीलाई राहत वितरण गरेको छ । कोभिड यलाईन्स फर नेपाल (COVIDE ALLIANCE FOR NEPAL) संघको सहकार्यमा बसोबास बस्ति संरक्षण समाजले जिल्लामा रहेका सुकुम्वासी तथा बिपन्न परिवारलाई राहतस्वरुप खाद्यान्न बितरण गरेको हो ।
समाजको केन्द्रिय उपाध्यक्ष धन कुमारी आलेको उपस्थितीमा आईतबार प्रतिपरिवार १० केजी चामल, २ केजी दाल, १ लिटर तेल, १ केजी चिनी र १ केजी नुन बितरण गरिएको सचिब रेशम गिरीले जानकारी दिए । राहत वितरण कार्यक्रममा सम्बन्धित स्थानिय तहका जनप्रतिनिधीहरुको समेत सहभागिता रहेको गिरीले बताए ।
६ असार २०७८, आईतवार १९:१४ प्रकाशित