माओवादी केन्द्रको युवा संगठन योङ्ग कम्युनिष्ट लिग (वाईसीएल) नेपाल जिल्ला कार्यसमिति बाँकेको बृहत्त रक्तदान कार्यक्रम सम्पन्न भएको छ । शनिबार नेपालगन्जमा आयोजित रक्तदान कार्यक्रममा १ सय ५ जनाले रक्तदान गरेका छन ।
रक्त संचार केन्द्रमा देखिएको रगत अभावको समस्या समाधानकालागि वाईसिएल बाँकेले रक्तदान कार्यक्रम आयोजना गरेको वाईसिएल बाँकेका संयोजक आकाश कार्कीले जानकारी दिए । माओवादी केन्द्रको बिभिन्न तहका नेता तथा कार्यकर्ता तथा वाईसिएलमा आवद्ध युवाहरुबाट एकैदिन १ सय ५ पिन्ट रगत संकलन भएको कार्कीले बताए ।
रक्तदान कार्यक्रममा माओवादी केन्द्र नेपालगन्ज उपमहानगरका इन्चार्ज अक्कल बहादुर बम, लुम्बिनी प्रदेश सदस्यीय नरेन्द्र न्यौपाने, योङ्ग कम्युनिस्ट लिग नेपालका केन्द्रिय सचिवद्वय रतनबहादुर शाही र गणेश शाही, जिल्ला संयोजक आकाश कार्की, माओवादी केन्द्र उपमहानगर अध्यक्ष डिल्ली बराल लगाएत नेता तथा कार्यकर्ताहरुले रक्तदान गरेका थिए ।
कोरोना भाइरसको दोस्रो लहरसँगै नेपालगन्जको ब्लड बैंकमा रगतको अभाव पुर्ती गर्न रक्तदान गरेको वाईसिएल नेपालका केन्द्रिय सचिव रतन बहादुर शाहीले बताए । कर्णाली, सुदुरपश्चिम र लुम्बिनी प्रदेशकै केन्द्रमा रहेको बाँकेका अस्पतालहरुमा सधै रगतको अभाव हुने भएकाले त्यसैलाई मध्यनजर गर्दै रक्तदान कार्यक्रम संचालन गरीएको शाहीले बताए ।
२९ जेष्ठ २०७८, शनिबार १७:५२ प्रकाशित