मेची-महाकाली बुहारी संयुक्त आवाज लुम्बिनी प्रदेशले ६८ घरपरिवारलाई खाद्यान्न राहत वितरण गरेको छ । रैनादेबी छहरा गाँउपालीका वडा न. ७ अन्तर्गत गहते, काउले, चिदिपानी, लौतपानी, सुकादमार र बल्ढेङ्ग क्षेत्रमा रहेका ६८ विपन्न घर परिवारलाई राहत स्वरुप खाद्यान्न वितरण गरीएको हो ।
मेचीमहाकाली बुहारी संयुक्त आवाज लुम्बिनी प्रदेशले स्थापना गरेको कोरोना राहत कोषमा संकलन भएको रकमले पहिलो चरणमा ६८ घरपरिवारलाई राहत वितरण गरीएको मेचीमहाकाली बुहारी संयुक्त आवाज लुम्बिनी प्रदेश सह संयोजक रेणुका खड्का बिस्टले जानकारी दिईन । विष्टका अनुसार राहत कोषकालागि राष्ट्र बैंकका पुर्व गभर्नर डा. चिरन्जीव नेपालले २५ हजार रकम सहयोग उपलब्ध गराएका थिए । साथै यु.के. बस्दै आएका भोज बहादुर लम्तरी, चितवनका कल्पना खड्का लगाएत पाल्पाको बल्ढेङ्गगढीमा जन्मीएर देश तथा विदेशका बिभिन्न स्थानमा बस्दै आएका नेपालीहरुले आर्थिक सहयोग उपलब्ध गराएका थिए ।
विशेषगरी बन्दाबन्दीका कारण समस्यामा परेका विकट क्षेत्रका नागरीकहरुलाई राहत उपलब्ध गराउने उद्धेश्यले स्थापना गरीएको राहत कोष अन्तर्गत पहिलो चरणमा पाल्पा जिल्लाका विपन्न नागरीकहरुलाई सहयोग उपलब्ध गराएको मेचीमहाकाली बुहारी संयुक्त आवाजले यसअघि समेत सोही ठाँउको गहते मा.बि. मा अक्षयकोष स्थापना गर्नुका साथै स्टेसनरी सामग्री तथा झोला वितरण गरेको थियो ।
त्यसै गरि सिद्धार्थ बिकास केन्द्रद्वावारा २ जना गर्भवति, एक जना सुत्केरी र ४ जना किशोरिहरूलाई मर्यादा किट उपलब्ध गराईएको थियो ।
मेचीमहाकाली बुहारी संयुक्त आवाज रूपन्देही शाखा, कपिलबस्तु शाखा र पाल्पा शाखको संयुक्त संयोजकत्वमा भएको राहत वितरण कार्यक्रमको अध्यक्षता मेचीमहाकाली बुहारी संयुक्त आवाज लुम्बिनी प्रदेश संयोजक लता खड्काले गरेकी थिईन भने कार्यक्रमको प्रमुख अतिथिका रुपमा पाल्पाको रैनादेबी छहरा गाँउपालीका वडा न. ७ का वडाध्यक्ष लोकेन्द्र बहादुर खड्का रहेका थिए ।
२७ जेष्ठ २०७८, बिहीबार २१:४७ प्रकाशित