स्थापना दिवसको अवसरमा स्वास्थ्यकर्मी संघद्वारा नीलसागरलाई आर्थिक सहयोग
  • काँचुली खबर

राष्ट्रिय स्वास्थ्यकर्मी संघ बाँकेले आफ्नो १६औं स्थापना दिवसको अवसर पारेर बिहिवार नेपालगन्जमा रहेको नीलसागर वृद्धाश्रमलाई नगद रकम सहयोग गरेको छ ।

कोरोना महामारी भएको हुँदा अन्य औपचारिक कार्यक्रम नगरी वृद्धाश्रमलाई संघको तर्फबाट नगद २० हजार ५०५ रुपैयाँ सहयोग गरेको राष्ट्रिय स्वास्थ्यकर्मी संघ बाँकेका अध्यक्ष प्रकाश गौतमले जानकारी दिए ।

राष्ट्रिय स्वास्थ्यकर्मी संघका केन्द्रिय उपाध्यक्ष रामबहादुर चन्दको उपस्थितिमा उक्त रकम आश्रमका अध्यक्ष सरिता खनाललाई हस्तान्तरण गरिएको गौतमले बताए ।

नेपालगन्जमा रहेको उक्त वृद्धाश्रमले वृद्धवृद्धा, सडक मानव तथा अनाथ वालवालिकाहरुलाई पालन पोषण गर्दै आइरहेको छ ।

  • २७ जेष्ठ २०७८, बिहीबार १२:०० प्रकाशित
  • Nabintech