मंगलवार बाँकेका थप २८ जनामा कोरोना संक्रमण देखिएको छ । २८ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन भने १ जनाको मृत्यु भएको छ ।
जिल्ला कोभिड व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीका अनुसार, आज जिल्लाका दुईवटा ल्याबमा परिक्षण गरिएका ३८१ नमुना मध्ये, ११५ जनामा कोरोना संक्रमण देखिएको छ । जसमध्ये, २८ जना बाँकेका हुन भने ८७ जना बाहिरी जिल्लाका हुन ।
भेरी अस्पताल नेपालगन्जको प्रयोगशालामा परिक्षण गरिएका ३१९ नमुनामा ९५ र बागेश्वरीको प्रयोगशालामा परिक्षण गरिएका ६२ नमुनामा २० गरी जम्मा ११५ जनामा कोरोना संक्रमण देखिएको हो । मेडिकल कलेज कोहलपुरको प्रयोगशालाको भने अझै रिपोर्ट उपलब्ध भएको छैन ।
बाँकेमा आज थपिएका २८ जना समेत गरेर कोरोनाबाट संक्रमित हुनेको संख्या १७ हजार २८५ पुगेको छ ।
आज बाँकेका थप २८ जना कोरोना मुक्त भएर डिस्चार्ज भएका छन । आज डिस्चार्ज भएका समेत जिल्लामा कोरोना मुक्त हुनेको संख्या १६ हजार ६८३ पुगेको छ । अब बाँके जिल्लाको कुल सक्रिय संक्रमितको संख्या २९९ रहेको छ ।
त्यसैगरी, आजै बाँकेका थप १ जना संक्रमितको मृत्यु भएको छ । यो समेत जिल्ला भित्र मृत्यु हुनेको संख्या ३०३ पुगेको छ भने बाहिरी जिल्लाबाट बाँकेमा उपचार गराउन आई मृत्यु हुनेको संख्या ३२२ पुगेको छ ।
२५ जेष्ठ २०७८, मंगलवार १७:१६ प्रकाशित