कम्प्रेसर मेसिन पट्कँदा एकको मृत्यु
  • काँचुली खबर

बाँकेको नेपालगञ्जमा कलर गर्ने क्रममा कम्प्रेसर मेसिन विस्फोट हुँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनामा परी अन्य दुईजना घाइते भएका छन ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डिएसपी सुवास खड्काका अनुसार नेपालगञ्ज-२१ बिर्तामा रहेको किसान फिड मिल प्रालिमा रंगरोगन गर्नेक्रममा कम्प्रेसर मेसिन बिस्फोट हुँदा सो मिलमा कार्यरत बाराको कलैया उपमहानगर-१९ का २५ वर्षीय साविराज मियाँको घटनास्थलमै मृत्यु भएको हो ।

घटनामा सोही मिलमा कार्यरत मजदुर ईसराद्दिन मियाँ र नसरुद्दिन मियाँ घाइते भएका छन् । उनीहरुको नेपालगञ्ज मेडिकल कलेजमा उपचार भई रहेको खड्काले जानकारी दिए । घटनाबारे थप अनुसन्धान शुरु भएको प्रहरीले जनाएको छ ।

  • २२ जेष्ठ २०७८, शनिबार १७:१६ प्रकाशित
  • Nabintech