उद्यम विकास सहजकर्ताहरुलाई मन्त्रालयबाट प्रशिक्षण
  • काँचुली खबर

राष्ट्रिय उद्यम विकास सहजकर्ता महासंघ नेपालको आयोजनामा शनिबार देश भरका करिब ५ सय जनालाई मेड्पा कार्यक्रम सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।

महासंघका अध्यक्ष देबकी घिमिरेको अध्यक्षतामा सम्पन्न भएको प्रशिक्षणमा उधोग बाणिज्य तथा आपुर्ती मन्त्रालयका सूचना अधिकृत मिनेन्द्र स्थापित, मेड्पा बिशेषज्ञ भिम विष्ट लगायतले भिडियो भर्चुअल माध्यमबाट प्रशिक्षण दिएको महासंघका महासचीव अर्जुन पौडेल जानकारी दिए ।

प्रशिक्षण कार्यकममा महासंघ उपाध्यक्ष प्रेम जोशिले आफू सधै उद्दम विकास सहजकर्ताहरुको हकहितमा लागेको बताए । कार्यक्रममा महसंघका सचीब बिरेन्द्र सुवेदीले सम्पुर्ण उद्दम विकास सहजकर्ता हरुलाई धन्यवाद दिदै आगामी दिन साथ सहयोग र सहकार्यका साथ अगाडि बड्न अपिल गरे ।

  • २२ जेष्ठ २०७८, शनिबार ०९:२५ प्रकाशित
  • Nabintech