युवा ब्यवसायी गौरब दहाल (सम्राट) ले नेकपा माओवादी केन्द्रद्धारा कोहलपुरमा संचालित कोरोना राहत कोषलाई खाद्यान्न सहयोग गरेका छन । कोरोनाका कारण समस्यामा रहेका ब्यक्तिहरुलाई राहत उपलब्ध गराउन पार्टीले संचालन गरेको राहत कोषलाई सम्राटले १० बोरा चामल उपलब्ध गराएका हुन ।
बैजनाथ गाउँपालिका ५ जि गाउँ निवासी स्थानीय युवा ब्यवसायी सम्राट सहिद परिवारका सदस्य समेत हुन । माओवादी केन्द्रको युवा संगठन योङ्ग कम्युनिस्ट लिग (वाईसिएल) मा आवद्ध रहँदै राजनितिक तथा ब्यवसायीक यात्रालाई संगसँगै अगाडी बढाईरहेका सम्राटले राहत कोषकालागि १० हजार ५ सय मुल्य बराबरको खाद्यान्न सहयोग उपलब्ध गराएको जानकारी दिए ।
यसअघि पनि बैजनाथ गाउँपालिका ५ का स्थानीय बिपन्न परिवारका बृद्वहरुलाई कम्बल बितरण गरेको बताउँदै सम्राटले आगामी दिनमा समेत दुखी पिडितकालागि सहयोग गर्न आफु तयार रहेको उल्लेख गरेका छन ।
१९ जेष्ठ २०७८, बुधबार २२:५५ प्रकाशित