एम्बुलेन्स खरिदकालागि अन्सारीद्वारा एघार हजार सहयाेग
  • काँचुली खबर

नेपालगन्ज उद्योग बाणिज्य संघका पूर्व कार्यसमिति सदस्य अब्दुल वाहिद अन्सारीले नेपाल पत्रकार महासंघ बाँकेलाई एघार हजार रुपैयाँ सहयोग गरेका छन । पत्रकार महासंघ बाँकेको एम्वुलेन्स खरिद गर्ने अभियानलाई सघाउन उनले एघार हजार रुपैयाँ सहयोग गरेका हुन ।

नेपालगन्जको औद्योगिक क्षेत्र भित्र रहेको हिमालय इंजीनियरिंग वर्कशप एंड ट्रेडर्सका संचालक समेत रहेका अन्सारी नेपाल पत्रकार महासंघ बाँके शाखाले संचालन गरिरहेको एम्बुलेन्स खरिद सहयोगार्थ आफुले सहयोग गरेको बताए ।

पत्रकार महासंघका शुभचिन्तक अनसारीले संघको कार्यसमितिमा रहँदा पनि सहयोगी भूमिका निर्वाह गर्दै आएका थिए । महासंघले संचालन गर्ने एम्बुलेन्स खरिदकालागि सहयाेग प्राप्त हुने क्रम जारि रहेकाे एम्बुलेन्स खरिद आर्थिक संकलन समितिका संयाेजक तथाद पत्रकार महासंघ बाँकेका उपाध्यक्ष संगिन शर्माले जानकारी दिए ।

  • १९ जेष्ठ २०७८, बुधबार १७:३६ प्रकाशित
  • Nabintech