लोकतान्त्रीक बैचारिक प्रतिष्ठान बाँकेका अध्यक्ष अभिवक्ता पूर्ण प्रसाद ढकालले भेरी अस्पतालका स्वास्थ्यकर्मीमाथी आक्रमण गर्नेलाई हदैसम्मको कारबाहीको माग गरेका छन । शुक्रबार एक प्रतिष्ठानको तर्फबट एक विज्ञप्ती जारी गर्दै ढकालले कोभिड-१९ बिरुद्ध अग्रपंक्तिमा रहेका स्वास्थ्यकर्मीमाथी बिहिबार राती भएको साँघातिक हमला र आक्रमणको घोर भत्सर्ना समेत गरेका छन ।
समस्याको समाधान छलफल र वार्ताबाट गर्नुपर्नेमा त्यसो नगरी अराजक, द्धन्द्ध र दुर्ब्यवहार तर्फ मुन्मुख भई स्वास्थ्यकर्मीमाथी गरीएको हमला निकै तुच्छ, घृणित र गैरकानुनी भएको उल्लेख गर्दै अभिवक्ता ढकालले घटनाको तथ्यतथ्य पहिचान गरी प्रचलित कानुन अनुसार दोषिमाथी हदैसम्म कारबाहीको माग गरेका छन ।
१४ जेष्ठ २०७८, शुक्रबार १८:०६ प्रकाशित