फाइल फोटो
शुक्रवार बाँकेका १४ जनामा मात्र कोरोना संक्रमण देखिएको छ । ९४ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन भने २ जनाको मृत्यु भएको छ ।
जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीका अनुसार, आज जिल्लाका दुईवटा ल्याबमा परिक्षण गरिएका १९३ नमुना मध्ये, ६५ जनामा कोरोना संक्रमण देखिएको छ । जसमध्ये, १४ जना बाँकेका हुन भने ५१ जना बाहिरी जिल्लाका हुन ।
मेडिकल कलेज कोहलपुरको प्रयोगशालामा परिक्षण गरिएका ६६ नमुनामा १४ जना र बागेश्वरीको प्रयोगशालामा परिक्षण गरिएका १२७ नमुनामा ५१ गरी जम्मा ६५ जनामा कोरोना संक्रमण देखिएको हो । भेरी अस्पतालको भने अझै रिपोर्ट उपलब्ध भएको छैन ।
बाँकेमा आज थपिएका १४ जना समेत गरेर कोरोनाबाट संक्रमित हुनेको संख्या १६ हजार ९५१ पुगेको छ ।
आज बाँकेका थप ९४ जना कोरोना मुक्त भएर डिस्चार्ज भएका छन । आज डिस्चार्ज भएका समेत जिल्लामा कोरोना मुक्त हुनेको संख्या १५ हजार ५३४ पुगेको छ । जिल्लामा अब १ हजार १२९ जना सक्रिय संक्रमित उपचाररत रहेका छन ।
त्यसैगरी, आजै बाँकेका थप २ जना संक्रमितको मृत्यु भएको छ । यो समेत जिल्ला भित्र मृत्यु हुनेको संख्या २८८ पुगेको छ भने बाहिरी जिल्लाबाट बाँकेमा उपचार गराउन आई मृत्यु हुनेको संख्या २७० पुगेको छ ।
१४ जेष्ठ २०७८, शुक्रबार १६:३४ प्रकाशित