भेरी अस्पतालमा स्वास्थ्यकर्मी माथि हातपात गरेको आरोपमा पक्राउ परेका ३ जना बिरूद्द ज्यानमार्ने उधोगमा मुद्दा दर्ता भएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डिएस्पी सुवास खड्काका अनुसार घटनाका मुख्य दोषी मानबहादुर रावत सहित तिन जना बिरुद्ध ज्यानमार्ने मुद्धा दर्ता भएको हो ।
कोरोना संक्रमण भई भेरी अस्पतालमा उपचार गराईरहेका दाङका डिल्ली बहादुर रावतको बिहिबार राती मुत्यु भएपछि मृतकका भाई मानबहादुर रावत र छोराहरु भरत राउत र लोकराज रावत समेतले अस्पतालका नर्सिङ स्टाफ सुदिक्षा गैरेको घाँटी च्यापेर मार्न खोजेका थिए भने डा. चन्द्रप्रकाश शाहु, नर्सहरु बन्दना श्रेष्ठ र आश्वीनी गुरुङलाई सांघातीक आक्रमण गरेका थिए । उनीहरु आक्रमणकारीबाट ज्यान जोगाउन बाथरुमको झ्याल फोडेर पहिलो तलाबाट हाम्फालेका थिए ।
स्वास्थ्यकर्मीमाथि आक्रमण गर्ने मृतकका भाई तुलसीपुरका मानबहादुर रावत र छोराहरु भरत राउत र लोकराज रावतमाथि मुद्दा दर्ता भएको र अन्यको खोजि भईरहेको डीएसपी खड्काले बताए ।
नेकपा एमाले निर्वाचन क्षेत्र नं. ३ दाङका इन्चार्ज तथा लुम्बिनी प्रदेश कमिटीका सदस्य समेत रहेका रावतले यसअघि समेत बलात्कार मुद्धा खेपीसकेका छन ।
बलात्कार मुद्धा खेपीसकेका रावतद्धारा स्वास्थ्यकर्मी कुटिए
१४ जेष्ठ २०७८, शुक्रबार १६:०६ प्रकाशित