लिपुलेकका जनतालाई मतदानको अधिकार दिँदैनौं : ओली
  • काँचुली खबर

प्रधानमन्त्री केपी शर्मा ओलीले लिपुलेकका जनतालाई नेपालका तर्फबाट मतदान गर्ने अधिकार नभएको बताएका छन् । बिहीबार विदेशी मिडियाका नेपालस्थित प्रतिनिधिहरुसँग अन्र्तक्रिया कार्यक्रममा चिनियाँ मिडियाका एकजना पत्रकारले प्रधानमन्त्री ओलीलाई कालापानी, लिम्पियाधुरा र लिपुलेकका जनताले आगामी निर्वाचनमा मतदान गर्न पाउँछन् कि पाउँदैनन् ? भनी प्रश्न सोधेका थिए ।

उक्त प्रश्नको जवाफमा ओलीले ५८ वर्षदेखि उक्त क्षेत्र भारतले नियन्त्रणमा राखिरहेको भन्दै जबसम्म भारतले छाड्दैन तबसम्म त्यहाँ नेपालका तर्फबाट मतदान सम्भव नभएको जवाफ दिए ।

उनले यो विषयलाई अतिरञ्जिन नबनाउन समेत आग्रह गरेका थिए। पत्रकार सम्मेलनमा ओलीले कालापानीको समस्या कुटनीतिक माध्यमले समाधान गर्न लागिरहेको समेत बताए । उनले उक्त भूमि नेपालकै रहेकोमा प्रष्ट रहेको समेत बताए ।

ओलीले नेपालको पछिल्लो राजनीतिक घटनाक्रम र कोरोना भाइरसको अवस्थाबारे जानकारी दिएका दिएका थिए । ओलीले चुनाव घोषणाको बचाऊ गरे । उनले मिडियामा पूर्वाग्रही खबर आइरहेको आरोप समेत लगाए ।

  • १४ जेष्ठ २०७८, शुक्रबार १४:४४ प्रकाशित
  • Nabintech