कोभिड प्रभावित बृद्ध तथा बालबालिकालाई पोषणयुक्त खाद्य तथा स्वास्थ्य सामग्री वितरण
  • काँचुली खबर

बाँकेको कोहलपुरमा रहेको जिवन ज्योती स्कुलले कोरोना भाईरस (कोभिड-१९) बाट प्रभावित बृद्धबृद्धा तथा बालबालिकाहरुलाई पोषणयुक्त खाद्य पदार्थ तथा स्वास्थ्य सामग्री उपलब्ध गराएको छ । स्कुलले बिहिबार कोहलपुर नगरपालिका अन्तर्गत महिला तथा वालवालिका शाखालाई १२८ जना बृद्धबृद्धा तथा बालबालिकाकालागि पोषणयुक्त खाद्य पदार्थ तथा स्वास्थ्य सामग्री उपलब्ध गराएको हो ।

कोहलपुर नगरपालिकालाई १२८ पिस च्यावनप्रास, सोही परिमाणमा अण्डा, १४० किलो स्याउ, ३३ किलो कागती, १ सय ग्रामको १२८ प्याकेट बदाम, १२८ पेटी पानी, १२८ पिस स्यानिटाजर र माक्स वितरण गरीएको स्कुलका लेखा प्रमुख कल्याण तिमिल्सीनाले जानकारी दिए ।

स्कुलका प्रिन्सिपल फा जोमन जेम्सले कोहलपुर नगरपालिकाकी उपमेयर सञ्जु कुमारी थारुलाई उक्त सामग्री हस्तान्तरण गरेका हुन ।

जिवन ज्योती स्कुलका शिक्षक अभिभावक संघका सदस्य चण्डी प्रसाद गैरेले स्कुलले यसअघि समेत कोहलपुर नगरपालिका, ईलाका प्रहरी कार्यालय कोहलपुर लगाएतका अन्य निकायलाई समेत सहयोग उपलब्ध गराईसकेको बताए ।

  • १४ जेष्ठ २०७८, शुक्रबार ०७:०६ प्रकाशित
  • Nabintech