बाँकेको कोहलपुरमा रहेको जिवन ज्योती स्कुलले खाद्यान्न तथा स्वास्थ्य सामग्री सहयोग गरेको छ । शनिबार एक कार्यक्रममा बिच स्कुलले कोहलपुर नगरपालिकाद्धारा संचालित कोभिड अस्पतालकालागि स्वास्थ्य सामग्री उपलब्ध गराएको हो ।
स्कुलका प्रिन्सिपल फा. जोमन जेम्सले कोहलपुर नगरपालिकाकी उपमेयर सञ्जु कुमारी थारुलाई २० थान अक्सिमिटर, २० सेट पिपिई, २००० थान सर्जिकल माक्स, ५०० मिलि लिटरको ५० थान सेनिटाईजर र ५ लिटरको ४ ग्यालिन सेनिटाईजर हस्तान्तरण गरेका हुन ।
स्कुलले केही दिन पहिले अस्पतालकालागि अक्सिजन ग्याँस सहितका सिलिण्डर समेत उपलब्ध गराएको थियो । स्कुलले विभिन्न समयमा महामारी नियन्त्रणकालागि उल्लेखनिय भुमिका खेलेको भन्दै कोहलपुर नगरपालिकाकी उपमेयर चौधरीले खुसी ब्यक्त गरेकी छन । त्यसक्रममा स्कुलका प्रिन्सिपल जेम्सले आगामी दिनमा समेत स्कुलले कोहलपुर नगरपालिकालाई सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए ।
यसैबिच शनिबार नै स्कुलले विपन्न परिवारकालागि खाद्यान्न उपलब्ध गराएको छ । स्कुलले २० परिवारकालागि जनहि २५ किलो चामल, २ किलो दाल, ५ किलो पिठो, नुन, तेल, चिनि, बेसार, चियापत्ती, खुर्सानी, जिरा तथा हात धुने सावुन र १ प्याकेट सेनेटरी प्याड समेत उपलब्ध गराएको स्कुलका लेखा प्रमुख कल्याण तिमिल्सीनाले जानकारी दिए । उक्त खाद्यान्न माईती नेपालका क्षेत्रीय संयोजक केशव कोईरालालाई उपलब्ध गराईएको छ । प्राप्त खाद्यान्न सामग्री दैनिक ज्याला मजदुरी गर्ने र कोरोनाका कारण वास्तविक समस्यामा परेका ब्यक्तिहरुलाई वितरण गरीने कोईरालाले बताए ।
नेपाली काँग्रेस जिल्ला उपसभापती तथा विद्यालयका अभिभावक समेत रहेका फुलाराम थारुको सभापतीत्वमा आयोजना गरीएको खाद्य तथा स्वास्थ्य सामग्री वितरण कार्यक्रमका बारेमा विद्यालयका अभिभावक तथा कोहलपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष चण्डी प्रसाद गैरेले सहजीकरण गरेका थिए ।
९ जेष्ठ २०७८, आईतवार १९:३० प्रकाशित