नेपाली कांग्रेसका नेता गगन थापाले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीलाई संविधान र संसद दुवै मन नपरेको बताएका छन् ।
उनीहरुको मिसन नै संसद र संविधानको हुर्मत लिनु भएकाले संसद विघटन भएको उनको भनाइ छ ।
ट्वीट गर्दै नेता थापाले विश्वासको मत लिनुको सट्टा ७६ (५) को आव्हान, अनुकूल नभएपछि विघथटन गरिएको उनको विश्लेषण छ ।
उनले भनेका छन्, ‘खड्ग ओली र विद्या भण्डारीलाई न संविधान मन परेको थियो,न संसद । विघटन, पुनर्थापित संसदको अपमान, विश्वासको मतको नाटक, ७६ (३) को सरकार गठन, विश्वास लिनुको सट्टा ७६ (५) को आव्हान, अनुकुल नभएपछि फेरी विघटन । कस्तो सेटिङ रु प्रकृया त देखाउन मात्र थियो, यीनको मिसन त संसद र संविधानको हुर्मत लिनु थियो । लिए ।’
८ जेष्ठ २०७८, शनिबार ०८:५१ प्रकाशित