राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, कात्तिक २६ र मंसिर ३ मा मध्यावधि चुनाव
  • काँचुली खबर

राष्ट्रपति विद्यादेवी भण्डारीले मध्यराति प्रतिनिधिसभा विघटन गरेकि छिन । शुक्रबार राति बसेको मन्त्रिपरिषद बैठकले प्रतिनिधिसभा विघटन गर्न सिफारिस गरेपछि राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरी मध्यावधि निर्वाचन घोषणा गरेकी हुन् ।
संविधानको धारा ७६ ९७० बमोजिम प्रतिनिधिसभाको विघटन गर्न र पहिलोचरणमा कात्तिक २६ गते शुक्रबार तथा दोस्रो चरणमा मंसिर ३ गते शुक्रबार निर्वाचन गर्न मन्त्रिपरिषदको बैठकले सिफारिस गरेको थियो ।
राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिमा मन्त्रिपरिषद बैठकको सिफारिसबमोजिम कात्तिक २६ र मंसिर ३ गतेका लागि राष्ट्रपतिबाट निर्वाचन तोकिएको छ ।
यसअघि, राष्ट्रपतिबाट केपी शर्मा ओली र शेरबहादुर देउवा दुवै जनाको बहुमतको आधार नदेखिएको भन्दै प्रधानमन्त्रीमा नियुक्त गर्न नमिल्ने विज्ञप्ति जारी गरेको थियो ।

  • ८ जेष्ठ २०७८, शनिबार ०८:०६ प्रकाशित
  • Nabintech