शुक्रवार ५० संक्रमित थपिए, ४० जना निको
  • काँचुली खबर

शुक्रवार प्युठानमा थप ५० जना नयाँ कोरोनाका बिरामी थपिएका छन । ४० जना कोरोना मुक्त भएका छन भने, १ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य कार्यालय प्युठानका अनुसार, शुक्रवार जिल्लाका विभिन्न स्थानका थप ५० जना व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै जिल्लामा हालसम्म संक्रमित हुनेको संख्या २ हजार ३७६ पुगेको छ ।
त्यसैगरी आजै ४० जना संक्रमितहरु कोरोना मुक्त भइ डिस्चार्ज भएका छन । आज निको भएका समेत जिल्लामा कोरोना मुक्त हुनेको संख्या १ हजार ७७१ पुगेको छ । अब जिल्लामा ५ सय ६३ जना सक्रिय संक्रमित उपचाररत रहेका छन ।
कोरोना संक्रमणका कारण आज एकजनाले ज्यान गुमाएका छन । योसँगै जिल्लामा हालसम्म ४२ जनाको कोरोनाका कारण ज्यान गएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

  • ७ जेष्ठ २०७८, शुक्रबार १८:२४ प्रकाशित
  • Nabintech