फाइल फोटो
बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या तिब्र रुपमा बढिरहेको छ । तुलनात्मक रुपमा पछिल्ला केहिदिनमा संक्रमित हुनेको संख्या केही घटे पनि मृत्यु दर भने ह्वात्तै बढेको छ ।
हिजो दिउँसो १ बजेदेखि आज बिहान ७:३० बजेको समय भित्र बाँकेका दुइवटा अस्पतालमा उपचाररत बाँकेसहित अन्य जिल्लाका १५ जना संक्रमितको मृत्यु भएको हो । मृत्यु हुनेमा प्युठानका १, दाङका १, बर्दियाका १, सल्यानका २, कैलालीका २ र बाँकेका ८ जना रहेका छन ।
जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीका अनुसार, नेपालगन्जमा रहेको भेरी अस्पतालमा ८ जना र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचाररत ७ गरी १५ जना संक्रमितको उपचारका क्रममा मृत्यु भएको हो ।
मृत्यु हुनेमा स्वर्गद्वारी नगरपालिका ५, प्युठानका ४० बर्षिय पुरुष, घोराही उपमहानगरपालिका ५, दाङकी ३५ बर्षिया महिला, नेपालगन्ज १०, बाँकेका ७१ बर्षिय पुरुष, कालिमाटी गाउँपालिका २, सल्यानका ३४ बर्षिय पुरुष, घोडाघोडी नगरपालिका १०, कैलालीकी ४० बर्षिया महिला, गुलरिया नगरपालिका ६, बर्दियाका ५५ बर्षिया महिला, नेपालगन्ज १३, बाँकेकी ६३ बर्षिया महिला र खजुरा गाउँपालिका ७, बाँकेका ४८ बर्षिय पुरुष रहेका छन ।
त्यसैगरी, लम्कीचुहा नगरपालिका ३, कैलालीका ६७ बर्षिय पुरुष, राप्तीसोनारी गाउँपालिका ३, बाँकेका ३३ बर्षिय पुरुष, खजुरा गाउँपालिका ३, बाँकेका ६७ बर्षिय पुरुष, कपुरकोट गाउँपालिका ४, सल्यानका ४४ बर्षिय पुरुष, राप्तिसोनारी गाउँपालिका ८, बाँकेका ५५ बर्षिया महिला, बैजनाथ गाउँपालिका ६, बाँकेका २५ बर्षिय पुरुष र बैजनाथ गाउँपालिका ४ का ४३ बर्षिया महिलाको मृत्यु भएको छ ।
योसँगै बाँकेमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४८९ पुगेको छ । जसमध्ये, बाँकेका २६७ जनाको मृत्यु भएको छ भने बाहिरी जिल्लाबाट बाँकेमा उपचार गराउन आई मृत्यु हुनेको संख्या २२२ पुगेको छ ।
७ जेष्ठ २०७८, शुक्रबार १०:१० प्रकाशित