फाइल फोटो
बाँकेमा बुधबार बेलुका ५ बजेदेखि आज बिहान साढे एक बजेको समयभित्र ८ घण्टाको अवधिमा थप ८ संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा ३ जना बाँकेका, ३ जना बर्दियाका, १ जना दाङका र १ जना कैलालीका रहेका छन ।
जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीका अनुसार, डुडुवा गाउँपालिका ५, बाँकेकी २८ बर्षिया महिलाको हिजो बेलुका ५ बजे भेरी अस्पतालमा मृत्यु भएको छ । बाँकेकै खजुरा गाउँपालिका ३ का ८५ बर्षिय पुरुषको सोही अस्पतालमा हिजो बेलुका ५:४५ बजे मृत्यु भएको छ ।
त्यसैगरी, भेरी अस्पतालमै बासगढी नगरपालिका ४, बर्दियाका ४२ बर्षिय पुरुषको हिजो बेलुका ६:३० बजे, तुलसीपुर उपमहानगरपालिका ३, दाङका ६५ बर्षिय पुरुषको ७:३० बजे, बढैयाताल गाउँपालिका ८, बर्दियाका ४५ बर्षिय पुरुषको राती ८:३० बजे र घोडाघोडी नगरपालिका ४, कैलालीका ४५ बर्षिय पुरुषको आज बिहान १:०० बजे मृत्यु भएको छ ।
आजै बिहान १:१५ बजे गुलरिया नगरपालिका ४, बर्दियाका ६१ बर्षिया महिलाको भेरी अस्पताल र राप्तीसोनारी गाउँपालिका ६, बाँकेका ५४ बर्षिय पुरुषको मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा बिहान १:२० बजे मृत्यु भएको फोकल पर्सन ओलीले जानकारी दिए ।
योसँगै बाँकेमा कोरोना कारण ज्यान गुमाउनेको संख्या २५६ पुगेको छ भने बाहिरी जिल्लाबाट बाँकेमा उपचार गराउन आई मृत्यु हुनेको संख्या २१४ पुगेको छ ।
६ जेष्ठ २०७८, बिहीबार ०९:०८ प्रकाशित