फोटो बिमल चन्दको फेसबुकबाट
भेरी अस्पतालमा कोरोना संक्रमित बिरामीको उपचारका लागि प्रयोग हुने ‘अक्सिजन लिक्विड’ आइपुगेको छ । मंगलबार दिउँसो ‘अक्सिजन लिक्विड’ बोकेको ट्याङकर अस्पताल परिसरमा पुगेको हो ।
भारतबाट आएको उक्त अक्सिजन लिक्विड अस्पताल परिसरमा रहेको अक्सिजन ट्याङ्कमा भण्डारण गर्ने काम भईरहेको भेरी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर प्रकाश थापाले जानकारी दिए ।
ट्याङकरमा २० हजार लिटर ‘अक्सिजन लिक्विड’ आएको मध्ये १० हजार लिटर भेरी अस्पताललाई र बाँकी १० हजार लिटर नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको लागि भएको थापाले बताए । ‘अक्सिजन लिक्विड’ आइसकेपछि कोरोनाका बिरामीलाई उपचार गर्नमा सहजता हुने डाक्टर थापाले बताए ।
‘अक्सिजन ट्याङ्क ठडियो तर अक्सिजन छैन’
कोरोना बिरामीहरुको उपचारकालागि अत्यावश्यक अक्सिजन भण्डारणकालागि ल्याईएको लिक्विड अक्सिजन ट्याङ्क अस्पताल परिसरमा हिजो मात्रै जडान गरिएको थियो । उक्त ट्याङ्क २० हजार लिटर अक्सिजन लिक्विड’ भण्डारण क्षमताको रहेको छ ।
४ जेष्ठ २०७८, मंगलवार १४:४२ प्रकाशित