पुन: बाँकेमै फर्किए ‘कोभिड हिरो’ श्रेष्ठ
  • काँचुली खबर

पहिलो चरणको नोवेल कोरोना (कोभिड-१९) का दौरान देशभरमै उत्कृष्ठ भूमिका खेलेको भन्दै ‘कोभिड हिरो’ घोषित भएका स्वास्थ्यकर्मी नरेशवावु श्रेष्ठ पुन: बाँकेमा झिकाईएका छन । लुम्बिनी प्रदेश सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले श्रेष्ठलाई ३ महिनाकालागि बाँकेमा काजमा खटाएको छ ।

कोरोनाको हवका रुपमा रहेको बाँकेमा कोरोना नियन्त्रण तथा ब्यवस्थापनकालागि प्रदेश सरकारले श्रेष्ठलाई काजमा खटाएको हो । यसअघि कोरोना नियन्त्रणकालागि देशभरीमै उत्कृष्ठ भूमिका खेलेका श्रेष्ठलाई बाँकेबाट बर्दिया सरुवा गरीएको थियो । सरुवा भएको केही समयमै श्रेष्ठलाई पुन: काजमा बाँके फर्काईएको हो ।

  • ३ जेष्ठ २०७८, सोमबार १८:५२ प्रकाशित
  • Nabintech