नयाँ सरकार गठनबारे जसपामा विवाद
  • काँचुली खबर

नयाँ सरकार गठन प्रक्रियाबारे जनता समाजवादी पार्टी (जसपा)मा विवाद देखिएको छ ।

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा नै जसपाका नेताहरु दुई पक्षमा उभिएपछि विवाद सतहमा स्पष्ट देखिएको हो ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

अध्यक्ष महन्थ ठाकुर प्रधानमन्त्री केपी शर्मा ओलीलाई नै समर्थन गरेर अघि बढ्नुपर्ने पक्षमा छन् भने अर्का अध्यक्ष उपेन्द्र यादव विपक्षी पक्षसँग मिलेर अघि बढ्ने पक्षमा देखिएका छन् ।

यो विवादका बीच अध्यक्ष ठाकुरले भने आधिकारिक धारणाका साथ राष्ट्रपति विद्यादेवी भण्डारीलाई लिखित जानकारी गराउने तयारी गरेका छन् ।

वैकल्पिक सरकार गठनमा आफ्नो पार्टी कुनै पनि गठबन्धनमा नरहेको जानकारी लिखित रुपमा राष्ट्रपतिलाई गराउन लागेका हुन् ।

सोमवार मध्यराति प्रेस वक्तव्य जारी गरेर जसपा केपी ओलीको विकल्पमा अर्को सरकार गठनमा नलाग्ने बताइसकेका ठाकुरले राष्ट्रपतिले दिएको तीन दिनको समयभित्र आफ्नो दल कतै नलाग्ने लिखित जानकारी शीतल निवासमा दर्ता गराउन लागेको स्रोतले जनाएको छ ।

जसपा अध्यक्ष ठाकुर निकट स्रोतले भन्यो, ‘पार्टीको प्रथम अध्यक्ष उहाँ नै हो । उपेन्द्रजीको भर परेर वैकल्पिक सरकार गठनमा नलाग्नुस्, धोखा होला भनेर हामीले शेरवहादुर देउवालाई भेटेरै भनेको हो । अब लिखित रुपमा ठाकुरजीले जसपा संविधानको धारा ७६ को उपधारा २ अनुसार सरकार गठनको दावी गर्ने गठबन्धनमा छैन भनेर दिएपछि सबै खेल खत्तम हुन्छ ।’

संविधानको सो व्यवस्था बमोजिम प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभाको सदस्यलाई राष्ट्रपतिले प्रधानमन्त्री पदमा नियुक्त गर्ने व्यवस्था छ ।

अहिले नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) बाहेक अन्य दलको संस्थागत सहभागिता देखिन्न । उपेन्द्र यादव उक्त गठबन्धनमा भए पनि उनले दलको प्रतिनिधित्व नगर्ने जसपाका बरिष्ठ नेता राजेन्द्र महतोले बताए । व्यक्तिगत रुपमा पक्ष विपक्षमा उभिनुको अर्थ नरहेको उनको भनाइ छ ।

दलले समर्थन गरेको निर्णय पेश नहुन्जेल व्यक्तिगत रुपमा यति सांसदहरुको समर्थन छ भनेर लैजान नमिल्ने भएकाले जसपाको भरमा देउवा र प्रचण्डलाई नयाँ सरकार गठन गर्न अघि नबढ्न ठाकुृर र महतोले सुझाव दिएका छन् ।

  • २८ बैशाख २०७८, मंगलवार ११:५४ प्रकाशित
  • Nabintech