बाँकेमा जेठ ३ गतेसम्म लम्बियो ‘निषेधाज्ञा’
  • काँचुली खबर

बाँकेमा निषेधाज्ञा (लकडाउन) को अवधि थप गरिएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले थप एक हप्ताकालागि निषेधाज्ञाको समय अवधि बढाएको हो ।
गत बैशाख १३ गते मध्यरातीबाट जिल्लाभर जारी गरीएको निषेधाज्ञाको समय अबधि आज राती समाप्त हुँदै थियो ।कोरोना भाइरस संक्रमण भयावह बन्दै गएपछि प्रशासनले पुन: निषेधाज्ञाको अवधि लम्बाएर आउँदो जेठ ३ गते राती १२ बजेसम्मका लागि थप गरेको छ ।
जिल्लामा निषेधाज्ञा जारी गरिएता पनि कोरोना संक्रमण दर र मृत्यु दर भने झनझन बढ्दै गइरहेको छ । जिल्लाका अस्पतालहरु कोरोना संक्रमितले भरिएका छन ।
 

  • २७ बैशाख २०७८, सोमबार १३:१९ प्रकाशित
  • Nabintech