ओलीलाई सोमबार ९ बजेसम्मको अल्टिमेटम
  • काँचुली खबर

नेकपा एमालेको झलनाथ खनाल र माधव पक्षले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई २०७५ जेठ २ गतेको अवस्थामा फर्कन अन्तिम मौका दिएको छ ।

आइतबार सिंहदरबारमा बसेको सो समुहको बैठकले यस्तो निर्णय गरेको हो । ‘फागुन २३ को फैसला अनुसार एमाले स्वत २०७५ जेठ २ को अवस्थामा फर्किएको छ । यो अवस्थामा पार्टीको जीवन, संगठन, नेतृत्व र विचार पूर्ववत अवस्थामा फर्कनुपर्छ भन्ने हो । हामीले त्यहाँ फर्कन अध्यक्ष केपी शर्मा ओलीको ध्यानाकर्षण, गराएका छौ र सहमतिका आधारमा पार्टी सञ्चालनको प्रतिवद्धता खोजेका छौ त्यसका लागि भोलि विहान नौ बजेसम्मको समय दिएका छौ’, बैठकपछि नेता योगेश भट्टराईले जानकारी दिए ।

भोली विहान नौ बजेसम्म पनि आफ्ना माग सम्बोधन नगरे भोली नै बैठक बसेर जस्तोसुकै निर्णय गर्न बाध्य हुने भट्टराईले बताए । उनले ओलीले जेठ २ मा फर्कने प्रतिवद्धता जनाए आफुहरु बैशाख २७ बस्ने संसद बैठकमा सहभागी हुने पनि बताए ।

  • २६ बैशाख २०७८, आईतवार २०:३२ प्रकाशित
  • Nabintech