नेपालमा प्रधान न्यायालय ऐन २००८ जारी भएको दिनको सम्झनामा नेपालमा कानून दिवस मनाइँदै छ । नेपालमा सर्वप्रथम २००९ सालमा प्रधान न्यायालय ऐन २००८ जारी भएको दिनको सम्झनामा हरेक वर्ष आजकै दिन कानून दिवस मनाउने गरिएको छ ।
यो ऐनले प्रधान न्यायालयबाट भएका आदेश तथा फैसला अकाट्य तथा अन्तिम हुने कानूनी ब्यवस्था गरेको थियो । आजको दिनलाई नेपालको न्यायिक इतिहासमा प्रजातन्त्र, मानव अधिकार र स्वतन्त्र न्यायपालिकाको प्रस्थानविन्दुको रुपमा लिइएको पाइन्छ ।
कानूनसँग सम्बन्धित संघसंस्थाले २०३१ सालदेखि हरेक वर्ष वैशाख २६ गते कानून दिवस मनाउँदै आएका छन् ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले नेपालको संविधानले प्रत्याभूत गरेको स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिकाको विकासमा प्रतिबद्धता व्यक्त गरेका छन । कानून दिवस, २०७८ का अवसरमा आज शुभकामना सन्देश दिँदै उनले सो प्रतिबद्धता व्यक्त गरेका हुन ।
आजको दिन न्याय, समानता एवम् विधिको शासनप्रति सम्मान र प्रतिबद्धता व्यक्त गर्ने विशेष दिन पनि हो भन्दै प्रधानन्यायाधीश राणाले, ‘न्यायपालिकाको नेतृत्वको हैसियतबाट नेपालको संविधानले प्रत्याभूत गरेको स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका तथा विधिको शासनको सुनिश्चितता गर्दै सहज पहुँचयुक्त न्याय प्रणालीको स्थापना र विकासमा आफ्नो स्पष्ट प्रतिबद्धतासमेत व्यक्त गर्दछु ।’ भनेका छन ।
आजको विशेष दिनले न्याय, समानता र विधिको शासनको प्रत्याभूतिको लागि क्रियाशील रहन सबैमा थप हौसला र प्रेरणा प्रदान गर्ने विश्वाससमेत उनले व्यक्त गरेका छन ।
२६ बैशाख २०७८, आईतवार ०८:५५ प्रकाशित