बाँकेमा पछिल्लो २४ घण्टामा ४ सय ४५ जनामा कोरोना संक्रमण देखिएको हो जिल्लाका तिन वटा प्रयोगशालामा ६ सय २९ जनाको कोरोना परिक्षण गरीएको ४ सय ४५ जनामा संक्रमण पुष्टि भएको जिल्ला कोभिड-१९ संकट ब्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।
केन्द्रका अनुसार भेरी अस्पतालमा गरीएको परिक्षणमा जिल्लाभित्रका १६२ र जिल्ला बाहिरका ६०, मेडिकल कलेज कोहलपुरमा गरीएको परिक्षणमा जिल्ला भित्रका ५४ र जिल्ला बाहिरका ५ तथा बागेश्वरी पोलिक्लिनिकको ल्यावमा गरिएको परिक्षणमा जिल्लाभित्रका १०७ र जिल्ला बाहिरका ५७ गरी जम्मा ४ सय ४५ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।
बाँकेमा शनिबारसम्म ६४ हजार ४ जनाको कोरोना परिक्षण गरीएकोमा १२ हजार ८०८ जनालाई कोरोना संक्रमण देखिएको केन्द्रद्धारा जारी विवरणमा उल्लेख गरीएको छ ।
२५ बैशाख २०७८, शनिबार १५:५६ प्रकाशित