फाइल फोटो
बाँकेमा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा बाँके डुडुवा गाउँपालिकाका २७ बर्षिय एक युवक र नेपालगन्जका ६० बर्षिय पुरुष रहेका छन ।
जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीका अनुसार, डुडुवा गाउँपालिका वडा नम्बर ५ का २७ बर्षिय युवकको आज बिहान ४:४० बजे उपचारकाका क्रममा नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको हो । उनलाई बैशाख १५ गते कोरोना देखिएको थियो तत्पश्चात अस्पतालमा भर्ना गरी उपचार थालिएको थियो ।
त्यसैगरी, नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ४ का ६० बर्षिय पुरुषको गएराती ११:४५ भेरी अस्पतालमा मृत्यु भएको फोकल पर्सन ओलीले जानकारी गराए । ओलीका अनुसार, उनलाई बैशाख १० गते कोरोना संक्रमण भएपछि भेरी अस्पतालमा भर्ना गरी उपचार थालिएको थियो ।
योसँगै बाँकेमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १४५ पुगेको छ ।
२२ बैशाख २०७८, बुधबार ०८:५४ प्रकाशित