बाँकेको राप्ती सोनारी गाउँपालिकाकी उपाध्यक्ष धनी कुमारी खत्रीले कोरोना भाइरसबारे सचेतनामुलक अभियान सुरु गरेकी छन । राप्तीसोनारीका नागरीकहरुलाई कोरोना भाइरसबाट बच्न सुरक्षित रुपमा घरमै बस्न आग्रह गर्दै उपाध्यक्ष खत्री गाउँपालिका भित्रका प्रत्येक वडामा घुमिरहेकी छन । आइतबार वडा नं ९ ढकेरीमा पुगेकी खत्रीले गाउँपालिकावासीलाई कोरोना बारे जानकारी दिन सबै वडामा पुग्ने बताइन ।
अहिले हामी कोभिड बारे जानकारी दिन जिंगल बजाउदै टोल बस्तीमा पुग्ने गरेका छौँ । सबैलाई भेट्न सम्भव नभएका कारण गाडीमा माइक राखेर जानकारी मुलुक सूचना प्रवाह गरिरका छौं खत्रीले भनिन । आइतबारदेखि देखि सुरु गरिएको प्रचारप्रसार ९ वटै वडामा गरिने खत्रीले बताइन ।
त्यस्तै उपाध्यक्ष खत्रीले गाउँपालिकाले बैजापुर स्थित राप्तीसोनारी अस्पतालमा ५ वेडको कोभिड वार्ड, ३ नं. वडाको साइपुरको सेल्टर भवनमा करिब २४ वेडको कोभिड वार्ड, २ नं. वडाका कचनापुरमा तथा ६ र ७ नं. वडाकालागि १० वेडको आइसुलेसन तयारी पारेको र आवश्यक परेको स्थानमा पठाउन राप्तीसोनारी अस्पतालमा अक्सिजन तयारी अवस्थामा राखेको बताइन् । त्यस्तै उनले आवश्यक परेमा अन्य स्थानमा समेत कोभिड अस्पताल थप गर्न सकिने निर्णय भएको बताइन् ।
२० बैशाख २०७८, सोमबार ११:५० प्रकाशित