नेपाल पत्रकार महासंघले केन्द्रीय कार्यालयमा रहेको आवासगृहलाई अक्सिजन सहितको आइसोलेसन बनाउने निर्णय गरेको छ । कोरोना संक्रमित पत्रकारलाई ध्यानमा राख्दै केन्द्रीय कार्यालयमा रहेको आवासगृहलाई अक्सिजन सहितको आइसोलेसन बनाउने निर्णय गरेको हो ।
कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै महासंघले पत्रकाहरुका लागि आवासगृहलाई अक्सिजनसहितको आइसोलेसन बनाउने निर्णय गरेको हो । प्राविधिक जनशक्तिसहितको मेडिकल सामग्रीका लागि पहल भइरहेको महासंघका महासचिव रोशन पुरीले बताए ।
महासंघले अक्सिजनसहित विभिन्न सामग्री तथा जनशक्तिका लागि सबै संघसंस्था र सरकारसँग आग्रह गरेको पनि उनले बताए । काठमाडौं उपत्यका बाहिर पनि प्रदेश र जिल्ला शाखामार्फत् पहल भइरहेको उनले त्यसका लागि केन्द्रीय कार्यालयबाट परिपत्र गरिएको बताए ।
१८ बैशाख २०७८, शनिबार १३:५२ प्रकाशित