दुई दिन लगातार उच्च अंकले घटेको सेयर बजारमा मंगलबार भने उत्साह देखिएको छ । आईतबार र सोमबार गरी १४१ अंक भन्दा धेरैले घटेको सेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार एकैदिन ९२ अंक भन्दा धेरैले सुधार भएको छ ।
नेप्से परिसूचक ९२ दशमलव ४६ अंकले बढेर २ हजार ५ सय ९९ दशमलव ०७ अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १४ शदमलव ४८ अंकले बढेको छ । समूहगत सवइन्डेक्सहरु पनि सबै बढेका छन् ।
परिसूचकमा उत्साह देखिए पनि कारोबार रकम भने आइतबार र सोमबारको तुलनामा कम भयो । आज ५ अर्ब १० करोड ९० लाख ९६ हजार ९ सय ५७ रुपैयाँको सेयर कारोबार भएको छ । यस अघि आइतबार ७ अर्ब भन्दा माथिको कारोबार भएको थियो भने सोमबार पनि ६ अर्ब ५९ करोड रुपैयाँ भन्दा माथिको सेयर कारोबार भएको थियो ।
माथिल्लो तामाकोशीमा सर्किट
माथिल्लो तामाकोशीको सेयर मूल्यमा सर्किट ब्रेक नै लागेको छ । यस कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर ८४७ रुपैयाँमा पुगेको छ । माथिल्लो तामाकोशी, विशाल बजार कम्पनी, महिला लघुवित्त वित्तीय संस्था तथा युनाइटेड इन्स्यारेन्ससहितका ११ कम्पनीको सेयर मूल्य सर्किट लेभलमा कारोबार भएको छ ।
डिबेञ्चरको मूल्यमा गिरावट
मंगलबार बजार उच्च अंकले बढ्दा पनि केहि कम्पनीहरुको सेयर मूल्इ भने घटेको छ । घट्नेमा अधिकांश डिबेञ्चर देखिएको छ । आईसीएफसी-८३ को मूल्य २३ रुपैयाँ घटेर ११६२ रुपैयाँमा झरेको छ ।
दोस्रोमा जीबीडी ८०-८१ को मूल्य २० रुपैयाँले घटेर १०५१ रुपैयाँमा झरेको छ ।
१४ बैशाख २०७८, मंगलवार १५:५५ प्रकाशित