खजुरामा अक्सिजनसहितको आइसोलेसन वार्ड संचालनमा
  • काँचुली खबर

बाँकेको खजुरा गाउँपालिकाले अक्सिजनसहितको ५० बेड भएको आइसोलेसन केन्द्र संचालनमा ल्याएको छ । आइतबारदेखि गाउँपालिकाले अक्सिजनसहितको ५० वेडको व्यवस्थापन गरी आइसोलेसन संचालनमा ल्याएको खजुरा गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले जानकारी दिए ।
जनक शिक्षा सामाग्री केन्द्रको भवनमा ४० बेड र वडा नं. १ मा १० बेड गरी हाललाई ५० बेडको अक्सिजनसहितको आइसोलेसन संचालन गरिएको उनले बताए । वडा नं. १ का अध्यक्ष सुमन मल्लको सक्रियतामा राधापुर स्वास्थ्य चौकीमा १० बेडको आइसोलेसन संचालनमा ल्याइएको छ ।
हाललाई गाउँपालिकाले ५० बेडको आइसोलेसन संचालनमा ल्याएपनि भबिष्यमा आवश्यकता अनुसार बढाएर लगिने अध्यक्ष कक्षपतिले जानकारी दिए । आइसोलेसन केन्द्रमा आवश्यक अक्सिजन, औसधि तथा स्वास्थ्यकर्मीको निगरानी रहने उनले बताए ।
खजुरामा रहेको जनक शिक्षा सामाग्री केन्द्रको भवनमा निर्माण गरिएको आइसोलेसनको बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराज गेलाल, बाँके प्रहरी प्रमुख ओमबहादुर राना, भैरव प्रसाद गणका गणपति कर्णेल नकुल थापा, सशस्त्र प्रहरी वल बागेश्वरी गणका गणपति अशोक बम , राष्ट्रिय अनुसन्धानका उप अनुसन्धान निर्देशक नरेन्द्रराज गिरी लगायतका सुरक्षा अधिकारीले अवलोकन गरेका छन् ।

  • १२ बैशाख २०७८, आईतवार २०:२३ प्रकाशित
  • Nabintech