आज वैशाख ११ अर्थात लोकतन्त्र दिवस । जनताको शासन जनताको हातमा आएको दिनका रुपमा आजको दिनलाई लिने गरिन्छ ।
वि.सं. २०६२ / ६३ को दोस्रो जनआन्दोलन सफल भई २०६३ वैशाख ११ गते नेपालमा लोकतन्त्र स्थापना भएको थियो ।
तत्कालिन राजा ज्ञानेन्द्र शाहले वि.सं. २०५९ जेठ ८ गते संसद विघटन गरेर शासन सत्ता आफ्नो हातमा लिएका थिए ।
सात दल र सशस्त्र युद्धरत नेकपा माओवादीबीच भएको १२ बुँदे समझदारीअनुसार ज्ञानेन्द्रको प्रत्यक्ष शासनविरुद्ध आन्दोलन चर्किएको थियो ।
६२/६३ को उक्त जनआन्दोलनको शक्ति सामु तत्कालिन राजा ज्ञानेन्द्रले घुँडा टेक्न बाध्य भएका थिए ।
दुई दर्जन बढीको ज्यान गएको जनआन्दोलनका कारण वि.सं. २०६३ वैशाख ११ गते तत्कालिन राजा शाह संसद पुनःस्थापना गर्न बाध्य भएका थिए ।
तत्कालिन राजा ज्ञानेन्द्रले संसद पुनःस्थापना गर्दै जनताको नासो जनतालाई नै फिर्ता गरेको घोषणा गरेका थिए ।
नेपालमा लोकतन्त्र ल्याउनका लागि सदाहत प्राप्त गरेका हजारौंं शहीदहरुप्रति श्रद्धान्जली अर्पण गर्दै प्रत्येक वर्ष विविध कार्यक्रमसहित लोकतन्त्र दिवस मनाउने गरिन्छ ।
११ बैशाख २०७८, शनिबार ०६:१४ प्रकाशित