फाइल फोटो
बाँकेमा कोरोना संक्रमण बढेसङ्गै संक्रमितहरुको मृत्यु हुने दर पनि बढेको छ । बिहीवार मात्रै बाँकेका तीनजना र सल्यानका एक गरी चारजना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ ।
बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार कोरोना संक्रमणबाट बिहिबार बेलुका जानकी १ बाँकेका ७१ बर्षिया महिला र बनगाड कुपिन्डेदह ३ सल्यानका ५६ बर्षिय पुरुषको उपचारका क्रममा नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको हो ।
त्यसैगरी, आज बिहान मात्रै नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १७ का ८६ बर्षिया वृद्धा महिला र दिउँसो नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ का ६५ बर्षिया महिलाको उपचारकै क्रममा नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा मृत्यु भएको थियो ।
९ बैशाख २०७८, बिहीबार २३:०२ प्रकाशित