सरकारलाई दिएको समर्थन फिर्ताको निर्णय गर्ने जिम्मा प्रचण्डलाई
  • काँचुली खबर

नेकपा माओवादी केन्द्रको आज बसेको पार्टी स्थायी समिति बैठक सकिएको छ । माओवादीले ओली नेतृत्वको सरकारलाई दिँदै आएको समर्थन फिर्ताको निर्णय गर्ने अधिकार अध्यक्ष प्रचण्डलाई दिएको छ ।
पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा आज बसेको पार्टी स्थायी समिति बैठकले समर्थन फिर्ताको निर्णय गर्ने अधिकार प्रचण्डलाई दिएको हो ।
बैठकपछि पत्रकारसँग नेता नारायणकाजी श्रेष्ठले भने ‘वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थनका बारेमा निर्णय गर्ने अधिकार अध्यक्ष प्रचण्डलाई दिइएको छ ।’

  • ८ बैशाख २०७८, बुधबार १५:५६ प्रकाशित
  • Nabintech