सरकारले नेपालमा कोरोना भाइरस (कोभिड-१९)को दोस्रो लहरको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि विभिन्न क्षेत्रमा कडाई गरेको छ ।
अबदेखि सार्वजनिक स्थानमा ५ जनाभन्दा बढी भेला हुन नपाइने भएको छ । सरकारले सार्जवनिक स्थानमा ५ जनाभन्दा बढी भेला हुन रोक लगाएको हो ।
सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले जारी गरेको ‘नयाँ भेरियन्ट सहितको कोरोना महामारी नियन्त्रण रोकथाम आदेश’मा सार्वजनिक स्थानमा ५ जनाभन्दा बढी भेला हुन नपाउने निर्णय गरेको छ । त्यस्तै मन्त्रिपरिषद्को बैठकले वैशाखभर सार्वजनिक तथा निजी विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।
त्यस्तै, रात्रिकालिन व्यवसाय, सिनेमा हल, डान्सबार, क्लब, दोहोरी साँझ, सभा, जुलुस, दर्शकसहितको रंगशालामा हुने खेलकुद, जिमखाना, पार्टी प्यालेस, स्विमिङ पुल, हाट बजारहरु जनस्वास्थ्यका मापदण्ड पूर्ण पालना गर्न कठिन हुने भएकाले २०७८ वैशाख मसान्तसम्म बन्द गर्ने सरकारले निर्णय गरेको हो ।
यो आदेशअनुसार वैशाखभर पार्टी प्यालेसहरु बन्द हुनेछन् भने विवाह, ब्रतबन्ध, मलामीजस्ता कार्यमा २५ जनाभन्दा बढी सहभागी हुन पनि रोक लगाएको उल्लेख छ ।
६ बैशाख २०७८, सोमबार १४:३५ प्रकाशित