नेपालगन्जमा कोरोना विरुद्धको दोश्रो मात्राको खोप बैशाख ७ र ८ गते
  • काँचुली खबर

नेपालगन्जमा पहिलो मात्रामा कोरोना बिरुद्धको खोप लगाएका व्यक्तिहरूलाई दोश्रो मात्राको खोप लगाइने भएको छ ।
नेपालगन्ज उपमहानगरपालिका अन्तर्गत यसअघि २०७७ माघ १४ देखि २४ गतेसम्म र फाल्गुन २ देखि १० गतेसम्म पहिलो मात्राको खोप लगाएका व्यक्तिहरूलाई यही बैशाख ७ र ८ गते कोरोना विरुद्धको दोश्रो मात्राको खोप लगाइएको भएको हो ।
नेपालगन्ज उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दले उपमहानगरपालिका अन्तर्गत पहिलो मात्रामा खोप लगाएका सम्पुर्ण स्वास्थ्यकर्मिहरु, महिला स्वयंसेविकाहरु, जनप्रतीनीधिहरू, सरसफाइकर्मीहरू तथा उपमहानगरपालिका अन्तरगतका अन्य कर्मचारीहरूलाई कोभिड-१९ विरुद्धको दाेस्राे मात्राको खाेप वैशाख ७ र ८ गते नेपालगन्ज उपमहानगरपालिका परिसरमा बिहान १०ः०० बजेदेखि दिउँसो ४ : ०० बजेसम्म खाेप लगाउने तयारी गरिएको जानकारी दिए ।
साथै, उनले सवै स्थानीय तहहरुले आफु मातहत पहिलो मात्रामा खोप लगाएका व्यक्तिहरुलाई दोश्रो मात्राको खोप पनि सम्बन्धित स्थानिय तहले नै लगाउने र अन्य कार्यालयकाे हकमा भने भेरी अस्पतालमा संचालन हुने खाेप केन्द्रमा समन्वय गरी खाेप लगाउन सकिने बताएका छन ।

  • ६ बैशाख २०७८, सोमबार १३:०४ प्रकाशित
  • Nabintech