सरकारले वैशाखभर सहरी क्षेत्रमा सवै विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को सोमबार बिहान बसेको बैठकले वैशाखभर सार्वजनिक तथा निजी विद्यालय बन्द गर्ने निर्णय गरेको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री डा। शिवमाया तुम्बाहाङ्फेले जानकारी दिइन् ।
यातायातसहित सार्वजनिक स्थानमा मापदण्ड बनाएर सञ्चालन गर्न सरकारले आजै राजपत्रमा सूचना प्रकाशित गर्नेछ ।
बैठकले चालु हिउँदे अधिवेशन आज दिउँसो १ बजेदेखि अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।
६ बैशाख २०७८, सोमबार ११:०० प्रकाशित