प्रधानसेनापति थापा चार महिनापछि अवकास हुँदै, प्रभुराम शर्मा सेनापति बन्ने लाइनमा
  • काँचुली खबर

नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा चार महिनापछि अवकासमा जाँदैछन् । प्रधानसेनापति थापाकोे तीन वर्षे प्रधानसेनापतिको नियमित कार्यकाल आगामी भदौ २४ मा सकिदैंछ ।
थापा ०७५ भदौ २४ मा नेपाली सेनाको प्रधानसेनापतिमा नियुक्त भएका थिए । थापाले अवकास पाएपछि नेपाली सेनामा हालका बलाधिकृतरथी प्रभुराम शर्मा सेनाको प्रधानसेनापति बन्ने लाईनमा छन् । सेनामा दुई जना रथीको दरबन्दी हुन्छ ।
प्रधानसेनापतिको लाईनमा रहेका शर्मा २१ बेसिकका सैनिक अधिकृत हुन । उनले भारतबाट नेशनल डिफेन्स कोर्स ९एनडिसी० गरेका छन् । शर्मा २०७७ बैशाख १४ मा रथीमा बढुवा भएका थिए ।
सैनिक ऐनअनुसार प्रधानसेनापति नियुक्तीको लागी सिफारिस प्रधानसेनापति थापाले नै वरिष्ठतम रथीबाट गर्नुपर्छ । सैनिक ऐनमा प्रधानसेनापतिको सिफारीसमा सेनाका वरिष्ठतम रथी मध्येबाट एक जनालाई प्रधानसेनापति नियुक्त गर्ने व्यवस्था छ ।
सेनाका अर्का रथी ईश्वर हमाल भने हाल फोर्स कमाण्डरका रुपमा मिसनमा कार्यरत छन् । उनी रथीमा बढुवा भएदेखी नै अनडफ मिसनमा फोर्स कमाण्डरका रुपमा जिम्मेवारी सम्हालिरहेका छन् ।
सेनामा प्रधानसेनापतिले एक महिना अघि नै विदा लिने परम्पराअनुसार सेनापति थापा साउन २४ मा विदामा बस्नेछन् । नागरिकखबरबाट

  • ६ बैशाख २०७८, सोमबार ०९:३० प्रकाशित
  • Nabintech