पुर्व मन्त्री तथा काँग्रेस नेता जोशीको निधन
  • काँचुली खबर

नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको निधन भएको छ ।

मष्तिश्कघात भई काठमाडौंको नर्भिक अस्पतालमा उपचार गराइरहेका जोशीको शुक्रबार राति ८स्२४ बजे मृत्यु भएको नर्भिक अस्पतालका जनसम्पर्क अधिकृत सोमनाथ बास्तोलाले जानकारी दिए ।

‘शुक्रबार विहानदेखि उहाँको मुटुको चाल चल्दै बन्द हुँदै गरिरहेको थियो, समस्या समाधानका लागि चिकित्सकको टोली प्रयासरत थिए’ उनले भने ‘ तर असम्भव भयो ।’

फागुन १४ गते घरमै स्वास्थ्य समस्या देखिएपछि जोशीलाई वीर अस्पताल लगिएको थियो । वीरले उनलाई नर्भिकमा रेफर गरेको थियो ।

मष्तिष्कघातको समस्या देखिएपछि अस्पतालले सुरुदेखि नै भेन्टिलेटरको सहायतामा उपचार गरिरहेको थियो ।

कांग्रेस केन्द्रीय सदस्य जोशी पूर्वमन्त्री र पूर्वसांसद पनि हुन् ।

अनलाईनखबरबाट

  • १३ चैत्र २०७७, शुक्रबार २१:१४ प्रकाशित
  • Nabintech