ब्यूँतियो अनेरास्ववियू (क्रान्तिकारी)
  • काँचुली खबर

नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी) ब्यूँतिएको छ । सर्वोच्च अदालतले फागुन २३ गते एमाले र माओवादी केन्द्रलाई ब्‍यूताइदिएपछि माओवादी केन्द्र निकट विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी) ब्यूँतिएको हो ।

बिहिबार केन्द्रीय कार्यालय वागबजारमा बसेको अनेरास्ववियू (क्रान्तिकारी) को पदाधिकारी बैठकले केन्द्रीय कमिटी ब्यूँताउने निर्णय गरेको माओवादी केन्द्र क्रान्तिकारीका अध्‍यक्ष रञ्‍जित तामाङले जानकारी दिए । उनले भने, ‘सर्वोच्‍चको फैसलाले माउ पार्टी ब्‍यूतिएपछि हामीले पनि साबिककै अनेरास्ववियू (क्रान्तिकारी) को नेतृत्व लिने निर्णय गर्‍यौं । ‘

यस्तै अनेरास्ववियू (क्रान्तिकारी) ब्युतिएपछि पुरानै पदाधिकारी टोली पनि पुनर्जीवित भएको छ । जस अनुसार अध्यक्षमा रञ्जित तामाङ, उपाध्यक्षमा सुरेन्द्र बस्नेत, दिपक देवकोटा, तिलकराज भण्डारी, विजय गौतम, पञ्चा सिंह, दिपेश पुन, इन्द्र भुषाल, रविकिरण यादव र महासचिवमा उत्तम अधिकारी रहेका छन् ।

यसैगरी उपमहासचिवमा जिपि मैनाली र तुकमान महरा रहेका छन् । सचिवमा नरेश रेग्मी, पवन कार्की, मदन भट्टराई, सुर्यनारायण शाह, क्षितिज सापकोटा, नारायण खनाल, अम्मरराज शाही, राजकुमार लिम्बू, अच्युत भट्ट, गजेन्द्र देव, प्रविणा अधिकारी, मदन भुल र कोषाध्यक्षमा केशव रावल रहेका छन् ।

चैत्र १४ गते काठमाडौंमा वस्ने क्रान्तिकारीको केन्द्रीय कमिटीको विस्तारित वैठकवाट नयाँ परिस्थितिमा संगठनले लिनुपर्ने थप योजना र कार्यक्रम ल्याउने उपाध्यक्ष सुरेन्द्र बस्नेतले बताए ।

उनले भने, ‘चैत १४ गते विस्तारित वैठकमा केन्द्रीय समितिका सदस्यहरु र सबै जिल्लाका संयोजक र सहसंयोजक सहभागी हुने गरी पत्र पठाएका छौँ ।’

  • १२ चैत्र २०७७, बिहीबार १९:१६ प्रकाशित
  • Nabintech