दाङमा भएको छुट्टाछुट्टै दुईवटा सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका १७ कटुवाखोला नजिकै ट्रकले साइकल यात्रीलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको हो ।
ना ५ ख २०६२ नम्बरको ट्रकले साईकल यात्रीलाई ठक्कर दिँदा घोराही उपमहानगरपालिका ३ निवासी ४० वर्षीय बिष्णु चौधरीको घटनास्थलमै मृत्यु भएको हो । चालक राप्ती गाउँपालिका ६ का ५० वर्षीय प्रेम चौधरी र ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
यसैबिच घोराही उपमहानगरपालिका ७ जबरपुरमा रोकिएको ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । ना ४६ ख ८७३७ नम्बरको ट्रकमा रा ४ प ४९१४ नम्बरको मोटरसाइकल ठोक्किँदा घोराही ५ का २१ वर्षीय रविन डाँगीको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका २२ वर्षीय सिरिन्ज भण्डारीको कोहलपुर मेडिकल कलेजमा उपचार भैरहेको छ ।
११ चैत्र २०७७, बुधबार १३:३३ प्रकाशित