लुम्बिनी प्रदेश संयोजकमा शर्मा निर्वाचित
  • काँचुली खबर

नेपाल हेभि इक्विपमेन्ट व्यवसायी महासंघको लुम्बिनी प्रदेश संयोजकमा चक्रपाणी शर्मा निर्वाचित भएका छन । शनिबार काभ्रेको धुलिखेलमा सम्पन्न भएको महासंघको दोस्रो महाधिवेशन तथा चौथो साधारण सभाबाट शर्मा सर्वसम्मत संयोजक पदमा चयन भएका हुन । शर्मा नेपाल हेभि इक्विपमेन्ट व्यवसायी महासंघ बाँकेका अध्यक्ष समेत हुन ।

अधिवेशनबाट महासंघको केन्द्रिय अध्यक्षमा प्रेमलाल श्रेष्ठ निर्वाचित भएका छन । ताराबहादुर कुँवरको अध्यक्षतामा भएको महाधिवेशनमा देशभरका व्यवसायीहरु सहभागि भएका थिए । देशभरबाट सहभागी ब्यवसायीहरुले श्रेष्ठको नेतृत्वमा सर्वसम्मत रुपमा केन्द्रिय कमिटि र प्रदेश संयोजकहरु चयन गरेको महासंघको हालै निर्वाचित लुम्बिनी प्रदेश संयोजक शर्माले जानकारी दिए ।

  • १ चैत्र २०७७, आईतवार १५:५६ प्रकाशित
  • Nabintech