आमहड्तालका दिन जनकपुरमा प्रहरी हस्तक्षेपबाट घाइते भएका नेकपा प्रचण्ड-नेपाल समूहका स्थायी कमिटी सदस्य एवं पूर्व मन्त्री मात्रिका यादव ह्वील चेयर चढेर विरोध सभामा पुगेका छन् ।
प्रचण्ड-नेपाल समूहले आयोजना गरेको विरोध सभामा सहभागी हुनका लागि ह्वील चेयर चढेर यादव भृकुटीमण्डप पुगेका हुन् ।
यादव मन्त्री छँदा स्वकीय सचिव रहेका सन्तोष विष्टले उनको तस्वीर फेसबूकमा राखेका छन् ।
प्रधानमन्त्रीको सिफारिश गत पुस ५ गते राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गरेपछि त्यसको विरोधमा प्रचण्ड-नेपाल पक्ष आन्दोलित छ ।
२८ माघ २०७७, बुधबार १६:१३ प्रकाशित