देशभर कोरोना संक्रमणको दर घट्दै गएपनि कोरोनाबाट ज्यान गुमाउने क्रम भने रोकीएको छैन । बाँकेमा पनि हरेक दिनजसो संक्रमितको ज्यान गईरहेको छ । यसैबिच मंगलबार बिहान कोरोना भाइरस संक्रमणबाट भेरी अस्पतालमा उपचाररत थप एकजनाको मृत्यु भएको छ ।
तुलसीपुर उपमहानगरपालिका ७ दाङका ६६ वर्षका पुरुषको मंगलवार विहान १ः१८ बजे मृत्यु भएको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज वलीले जानकारी दिएका छन ।
गत मंसिर २९ गते कोरोना पुष्टि भएका उनी पुष १३ गते दिउँसो अस्पतालमा भर्ना भएका थिए । रोगको प्रकृती अनुसार लामो समयसम्म उपचार गर्दा समेत स्वास्थ्यमा सुधार नदेखीएका ति पुरुषको मंगलबार बिहान मृत्यु भएके हो ।
योसँगै उपचारकालागि बाहिरी जिल्लाबाट बाँके आएर ज्यान गुमाउने संक्रमितको संख्या ८८ पुगेको छ ।
२० माघ २०७७, मंगलवार ०८:४७ प्रकाशित