गत ११ महिनादेखी बन्द रहँदै आएको पश्चिम नेपालकै सबैभन्दा ठुलो जमुनाह नाका संचालनमा आउने भएको छ । लकडाउनका कारण बन्द रहेका देशभरका ३० वटा नाकालार्ई सरकारले खुला गर्ने निर्णय गरेसँगै जमुनाहा नाका समेत औपचारीक रुपमा संचलनमा आउने भएको हो ।
मन्त्रीपरिषद् बैठकले भारत तथा चीन तर्फका नाका खोल्ने निर्णय गरेको हो । गृह मन्त्रालयले नाका खोल्ने निर्णयको सर्कुलर सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा गरेको छ । यद्यपी हालसम्म कुनै पत्र प्राप्त नभएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले जनाएका छन ।
सरकारले यसअघि १४ नाका खोलेको थियो । जसमा १६ वटा थप गरिएको हो । नाका औपचारिक रुपमा खुलेपछि मापदण्डको पालना गर्दै सीमावर्ती बजारमा खरिद, बिक्रीका लागि नेपाली ओहोरदोहोर गर्न पाउने भएका छन् । खुलेका नाकाबाट नेपालीले निर्बाध र विदेशीले शर्त सहित पालना गरेर आवागमन गर्न पाउनेछन् ।
१६ माघ २०७७, शुक्रबार १२:३० प्रकाशित