बाँके प्रहरीले गर्यो सार्वजनिक सुनुवाई
  • काँचुली खबर

अपराधिक क्रियाकलाप नियन्त्रणकालागि बाँके प्रहरीले विशेष अभियान संचालन गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरिक्षक अरुण पौडेलले बताएका छन । आईतबार कोहलपुरमा आयोजना गरिएको सार्वजनिक सुनुवाईमा बोल्दै बाँके प्रहरी प्रमुख पौडेलले अभियान संचालन भएयता बाँकेको शुरक्षा ब्यवस्थामा सुधार आएको दाबी गरे ।
बाँके प्रहरीले आईतबार कोहलपुरमा गरेको सार्वजनिक सुनुवाईमा सहभागीहरुको जिज्ञासाको जवाफ दिदै बाँके प्रहरी प्रमुख पौडेलले आफ्नो कर्तब्य पालनामा प्रहरीले कुनै कसर बाँकी नराखेको जिकिर गरे ।
बाँकेका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले जिल्लाको शान्ती सुरक्षाका विषयमा आफु निकै सम्वेदनशिल भएको बताउँदै भने, ‘सामाजिक सद्भाव कायम राख्दै समाजमा हुने अवाञ्छित क्रियाकलाप नियन्त्रण गर्नु निकै चुनौतिपूर्ण छ ।’

कार्यक्रममा कोहलपुर नगरपालिकाका उप मेयर सन्जु कुमारी चौधरीले मर्यादित समाज निर्माणकालागि कोहलपुर प्रहरीले खेल्दै आएको भूमिका तारिफयोग्य रहेको बताईन । उनले रातीको समयमा हुने बिभिन्न खालका अपराधिक क्रियाकलाप नियन्त्रणकालागि प्रहरी झनै चनाखो हुनेपर्ने सुझाव समेत  दिएकी थिईन ।
सार्वजनिक सुनुवाई कार्यक्रममा प्रमुख जवाफदेहीका रुपमा प्रमुख जिल्ला अधिकारी मदन भुजेल, बाँके प्रहरी प्रमुख अरुण पौडेल र कोहलपुर प्रहरी प्रमुख रमेश बहादुर सिंहले सहभागीले उठाएका विषयहरुको जवाफ दिएका थिए । कार्यक्रममा स्थानियको भूमिका भने न्यून थियो ।

  • १५ पुष २०७५, आईतवार १६:५३ प्रकाशित
  • Nabintech