नयाँ कानुन र सिफारिस प्रणाली बारे अभिमुखीकरण सम्पन्न
  • काँचुली खबर

साथी संस्थाको आयोजनामा एक दिने नयाँ कानुन र सिफारिस प्रणाली बारे अनुशिक्षण गरिएको छ । बालबालिका बेचविखन विरुद्धको परियोजनाका कार्यक्रम संयोजक दिपकमान श्रेष्ठले परियोजनाको उद्धेश्य बारे प्रष्ट पारेका थिए । प्लान नेपाल ईन्टरनेशनल नेपालगन्जका कार्यक्रम संयोजक श्रृटि ढकालले प्लान नेपालले अहिले बाल संरक्षणको क्षेत्रमा कार्य गरिरहेको जानकारी दिइन् ।
अधिवक्ता बशन्त गौतमले नेपालको नयाँ कानुन र सिफारिस प्रणाली बारे प्रशिक्षण दिएका थिए । मुलुकी देवानी संहिता, बाल संरक्षण बारे पनि जानकारी प्रदान गरिएको थियो । सो अभिमुखीकरणमा बाल संरक्षण समितिका सदस्यहरु, बाल अभियानन्ता, महिला तथा बालबालिका कार्यालय, इलाका प्रहरी कार्यालय, सामुदायिक प्रहरी, सीमा प्रहरी, माइती नेपाल साना हातहरुको सहभागिता रहेको थियो ।

  • १३ पुष २०७५, शुक्रबार १८:५६ प्रकाशित
  • Nabintech